सोमवार, बैशाख ३१, २०८१

अमेरिका र युरोपेली संघद्वारा रुसविरुद्ध थप प्रतिबन्धको घोषणा

 फागुन १५/गिरिसा उपाध्याय ,नयाँ दिल्ली

संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसविरुद्ध छुट्टाछुट्टै नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् । रुस युक्रेन युद्धको २ बर्ष पुरा भएसँगै अमेरिकाले रुसका व्यक्ति र संस्थाहरूविरुद्ध ५ सय भन्दा बढी प्रतिबन्धहरू लगाएको छ । अमेरिकाले युक्रेनमाथि गरिएको हमला तथा युक्रेनी भूभाग कब्जा र विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै भएको मृत्युको बिषयलाई लिएर रुसमाथि प्रतिबन्धहरू घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त प्रतिबन्ध नभाल्नीलाई जेल हाल्ने कार्यमा सहायक बनेका तथा युद्ध मामिलामा संलग्न भएकाहरूमाथि केन्द्रीत रहेको बताउनुभएको छ । व्यक्तिगत वा संस्थागतरुपमा गरी एक सय भन्दाा बढी बस्तु तथा सेवाको निर्यात प्रतिबन्ध लगाइएको छ ।

युरोपेली सङ्घ ईयूले पनि रुसलाई अस्त्र खरिदमा सहयोग गरेका वा युक्रेनी बालबालिकालाई अपहरण गर्नेलगायतका कार्यमा संलग्न गराएको भन्दै २०० जति व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । यद्यपी रुसले भने युरोपेली सङ्घका ती आरोपहरूको खण्डन गर्दै आएको छ ।
नयाँ प्रतिबन्ध घोषणाको प्रतिक्रियास्वरुप रुसी विदेश मन्त्रालयले रुसमा प्रवेश गर्न नपाउने सूचीमा युरोपेली सङ्घका थप अधिकारीहरूलाई समावेश गरेको बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031