सोमवार, बैशाख ३१, २०८१

माओवादी स्थायी समिति : राष्ट्रिय सभा अध्यक्षको दाबी नछाड्न नेतृत्वलाइ दवाव

काठमाडौं फागुन १५,
सत्तारुढ दल माओवादी केन्द्रको आज बसेको स्थायी समितिबैठकले हालै सम्पन्न कांग्रेस महासमिति बैठकको प्रतिवेदनमाथि टिप्पणी गर्दै कांग्रेसको पछिल्लो कार्यशैलीको आलोचना गरेका छन् ।

बैठकमा आफ्नो धारणा राख्ने नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाइ काँग्रेस कार्यशैली प्रति सचेत हुन आग्रह गर्दै राष्ट्रिय सभाको अध्यक्ष दाबी नछाड्न सुझाव दिएका छन ।   ज्ञात रहोस , कांग्रेसको महासमिति बैठकमा आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने प्रतिवेदन पेस र्भसंगै माओवादीभित्र तरंग श्रृजना भएकोछ । जसअनुसार बैठकमा वोल्ने नेताहरुले राष्ट्रियसभाको अध्यक्ष छाड्न नहुने धारणा राखेको बुझिएको छ ।

त्यस्ते हाजको बैठकले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गर्दै नयाँ जिम्मेवारी सहितको कार्य विभाजन अन्र्तगत कोशीमा हरिबोल गजुरेल, मधेशमा लिलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दिननाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको  बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै    पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले  जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031