सोमवार, जेष्ठ ७, २०८१

अवैध लागूऔषध ४५ किलो चरेससहित ३ जना पक्राउ

मकवानपुर फागुन १६,
प्रहरी चौकी भैँसेको टोलीले भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसकोचेकजाँच गर्नेक्रममा प्रहरी उल्लेखित परिणामको चरेस र गाँजा वरामद गरेको हो ।

त्यस्तै पक्राउ पर्नेहरूमा थाहा नगरपालिका- ८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका- १ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका- १ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ रहेको जनाउँदै प्रहरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।