सोमवार, जेष्ठ ७, २०८१

छालाजुत्ता कारखानाको जग्गा प्रकरणका आरोपीत्रयलाइ थुनामुक्तको आदेश गर्ने न्यायाधीश आचार्यको  सरुवा

  काठमाडौं माघ २९,

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको काज सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले न्यायाधीश आचार्यको काज सरुवा भएको पुष्टि गरे पनि किन अचनाक आचार्यको काज सरुवा भएको हो त्यसको कारण भने खुलाएको छैन ।  यद्यपी न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोप लागेका व्यापारी अरूण चौधरीलाई छाड्ने आदेश अस्वाभाविक देखिएकाले काज सरुवा गरिएकोयसक्षेत्रका जानकारको कथन रहेको छ।

 बाँसबारी छाला जुत्ताको सरकारी जग्गा आफ्नो नाममा पुर्‍याएको भन्दै चौधरीसहित कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सका अध्यक्ष सञ्जय ठाकुरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले माघ १८ गते पक्राउ गरेको थियो ।

स्मरण रहोस, पक्राउ परेका अभियुक्तहरु उपर आवश्यक थुनामा राखेर अनुसन्धानका लागि सुरुमा चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाइ अनुमति दिइएके थियो भने त्यसपछि दोस्रोपटक म्याद थप गर्न माघ २२ गते अदालत पुर्‍याइएका तीनै जनालाई थप दुई दिन मात्र हिरासतमा राख्न र त्यसपछि छाड्न न्यायाधीश आचार्यले आदेश दिए अनुरुप प्रहरीले तीनै जनालाई २४ गते रिहा गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031