सोमवार, जेष्ठ ७, २०८१

आज पशुपतिनाथमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन गरिने

 काठमाडौं मंसिर २६,
पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख आज बिहान शुपतिनाथको पश्चिमढोकामा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने परमपरा अनुरुप आज एक मुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन गरिन लागेको हो ।

पशुपति क्षेत्र विकास कोषले बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने राख्ने प्रचलन रहेको जनाएकोछ ।

यसअघि बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहोर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, बागमती सफाइ अभियानकर्मीलगायतको सहभागितामा सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930