मङ्लबार, जेष्ठ ८, २०८१

प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा : नेता नेपाल

काठमाडौं जेठ २८,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका कारण वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने अभिव्यक्ति दिएका छन ।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले यस्तो अभिव्यक्ति दिनुभएको हो । साथै उहाँले बजेटप्रति सत्ता गठबन्धनकै धेरै नेता असन्तुष्ट रहेको प्रतिक्रिया दिदै यसवीचमा प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी समेत दिनुभयो ।

त्यसअर्थमा प्रधानमन्त्री र अर्थमन्त्रीले यसवीचमा अभिव्यक्त असन्तुष्टीलाइ करेक्सन गर्ने जमर्को गरेन भने जे पनि हुन सक्ने जनाउ दिदै अध्यक्ष नेपालले गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रीत बजेट आफ्नो  पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान रहेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031