सोमवार, जेष्ठ ७, २०८१

आम माफी पाएसंगै पूर्वसांसद रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा

काठमाडौं जेठ १५,
गणतन्त्र दिवसका अवसरमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को सिफारिसमा टीकापुर घटनामा दोषी ठहर भई कैद सजायँ भोगिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद राष्ट्रपतिबाट आम माफी पाएसंगै आज डिल्लीबजार कारागार रिहा भएका छन् । चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएको हो ।

 चौधरी रिहा भएसंगै उनको स्वागतका लागि पुष्पगुच्छा र माला लिएर आफन्तजन र समर्थकहरु आज बिहानै कारागार अगाडि भेला भएका थिए। उनी आजै कैलाली जाने तयारी छ । धनगढी जानुअघि उनी पत्नी मन्त्री रन्जिता चौधरीसँगै पुल्चोकस्थित मन्त्री निवास गएका छन् ।

त्यस्तै  आम माफी पाउने विभिन्न कारागारमा रहेका १९ जना क्रमस टोपबहादुर बुढा, दुन्नी चिडिमार, शम्भु सिवाकोटी, जगन्नाथ ढकाल, विक्रम विष्ट , राम कैलाश राय, विजय मल्ल, प्रमोदप्रसाद चौहान, अञ्जनी राजधामी, महेन्द्र महतो कोइरी, अम्मरबहादुर डाँगी, रामचन्द्र साह कानु, रामेश्वरप्रसाद साह कानु, जागेश्वर सिंह राजपुत, मुनिलाल साह कानु, हरिनारायण पन्थ, दिनानाथ महतो कोइरी र ब्रहमदेव महतो कोइरी रहेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु