बिहिबार, बैशाख २०, २०८१

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएसंगै बजेट पेस गर्ने  मार्ग प्रसस्त

काठमाडौं जेठ १४,
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबार अवेर राति चलेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा बहुमतले पारित गरेको हो । राष्टपतिले रामचन्द्र पौडेलले गत जेठ ५ गते सरकारका] नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम पारित भएसंगै प्रतिनिधिसभाको आज अर्को ृ बैठक १ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिनुभएको हो ।

आजको बैडकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।  साथै जेठ १५ संसदमा नयाँ आर्थिक वर्षको बजेट पेस गर्ने संवैधानिक  व्यवस्था छ ।