शुक्रबार, बैशाख २१, २०८१

नियमावली मस्यौदा समितिको मस्यौदा प्रतिवेदन पारितका लागि दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौं जेठ १४,
आज संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै छ ।  संसद सचिवालयले नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ुसंघीय संसद्को बैठक र संयुक्त समितिको कार्यसञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको छ ।

त्यस्ते प्रस्तुत कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल सहित पारित गर्नु पूर्व उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्दै मस्यौदा प्रतिवेदन पारित गरिने तयारी रहेको थाहा भएको छ ।

स्मरण रहोस गत जेठ १ गते प्रतिनिधिसभाको बैठकले १६ सदस्यीय ‘संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गरेको थियो ।