सोमवार, बैशाख ३१, २०८१

सार्वजनिक अडियोको सत्यतथ्य छाविनका लागि आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं वैशाख २७ ,

नक्कली भुटानी शरणार्थी प्रकरण्मा आफ्नो जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

आरजु राणा देउवाले साइबर ब्यूरोमा दिएको उजुरीमा नक्कली भुटानी शरणार्थीका प्रकरणमा मेरो नाम जोडी गरेको कुराकानीको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्न माग गरिएको  छ । 

 त्यस्तै प्रस्तु प्रकरणमा केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी सहित कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थी प्रकरणमा   आफ्नो नाम जोडी   अडिओ  सार्वजनिक  गर्ने   दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही को माग गरिएको  छ ।

सार्वजनिक अडियोको सत्यतथ्य छाविनका लागि आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु