मङ्लबार, जेष्ठ ८, २०८१

प्राप्त उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ: महामन्त्री शर्मा

काठमाडौ बैशाख १३,

प्रतिनिधि सभा सदीयका लागि आइतवार भएको उपनिर्वाचनको ३ वटै क्षेत्रको मतपरिणाम सार्वजनिक भएसंगै नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्राप्त परिणामले मुलुका दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

महामन्त्री शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत प्राप्त निर्वाचन परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ भन्दै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु आवश्यक रहेको बताउनुभएको छ ।  त्यस्तै  महामन्त्री शर्माले ट्विटरमा ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’भन्दै रूपान्तरित हुनुको विकल्प नभएको जिकिर गर्नुभएको छ ।

स्मरण रहोस ,उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये कांग्रेसले चितवनमा महामन्त्री शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई चुनावी कमान्डरको जिम्मेवारी दिएको थियो । तर ३ मध्ये दुवै क्षेत्रमा कांग्रेसले लज्जास्पद हार व्यहो २ र्नु पपरेको छ भने बारा २मा भने कांग्रेसले समर्थन गरेका जसपाका उपेन्द्र यादव निर्वाचित भएके छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31