आइतवार, जेष्ठ ६, २०८१

बढ्दो कोभिड संक्रमितको रफ्तार, उपत्यकामा मात्र १० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा

काठमाडौं चैत २७ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार ९०३ जनाको पीसीआर विधिवाट कोभिड परीक्षण गर्दा ७७ जना तथा १ हजार ६६३ जनाको एन्टिजेन परीक्षणबाट ४७ गरि एकैदिन १२४ जना संक्रमित थपिएका जनाएको छ ।

त्यस्तै मन्त्रालयले काठमाडौं उपत्यकामा मात्रै २१ जना संस्थागत आइसोलेसनमा, १० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेको जनाउँदै सक्रिय संक्रमितको संख्या समेत बढेर ४४४ पुगेको जनाएके छ ।

त्यस्ते सोमबार मात्र २९ जना संक्रमणमुक्त भएका छन् । मापदण्ड अपनाउन र बुस्टर डोज लगाउन आग्रह गरिरहे पनि खोप लगाउने भने बढ्न नसकेकोमा चिन्ता समेत व्यक्त गरेका छन ।