बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री प्रचण्डलाइ विश्वासको मत: प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत

काठमाडौं चैत्र ६,
प्रधानमन्त्री प्रचण्डले आज बसेको प्रतिनिधि सभाको बैठकमा दोस्रो पटक विश्वासको मत पाएका छन् । बैठकमा उपस्थित २६२ सांसदहरुमध्ये विश्वासको प्रस्तावको १७२ पक्षमा र विपक्षमा ८९ मत परेको थियो । र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डलाइ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, रास्वपा , जसपा नेपाल, नेकपा एस , जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राजमो र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत पदिए ।

त्यस्ते नेकपा एमाले र राप्रपाका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । नेपाल मजदूर किसान पार्टी भने तटस्थ बसेको थियो । राप्रपा र एमालेकै कारणले दोस्रो पटक प्रम प्रचण्डले दुई महिनापछि नै विश्वासको मत लिनु परेको हो ।