बुधबार, बैशाख १९, २०८१

नेपाल र युएईवीचको अन्तिम तथा निर्णायक खेलमा नेपालको शानदार जितसंगै नेपाल विश्वकप छनोटमा

काठमाडौं चेत २,
आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिज अन्र्तगत आज नेपाल र संयुक्त अरव इमिरेट्सवीच अन्तिम तथा निर्णायक खेलमा नेपाल बिजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल टार्गेट दिएको थियो । तर युइएविरुद्ध डकवर्थ लेविस पद्धतिमा नेपालले ९ रनले जित हात पार्न सफल भएको हो ।

डकवर्थ लेविस पद्धति अर्थात खराव प्रकाशको नियमअनुसार ४४ ओभरमा नेपालले २६० रन बनाए पुग्नेमा २६९ रन बनाउदै आजको महत्वपूर्ण खेल जितेको हो ।

नेपाललाई खेल जिताउन कुशल भुर्तेल ५०, भिम सार्कीले ६७ ,आरिफ शेखले ५२ र गुलशन झाले नटआउट ५० रनको योगदान गरेको थियो । त्यस्तै ओपनर आसिफ शेखलाई शुन्य ,कुशल मल्ल ५, कप्तान रोहित पौडेल १६ रनमा आउट भएका थिए । दिपेन्द्र सिंह ऐरिले नटआउट १० रन बनाएका थिए ।

आजको जितसंगै नेपालले नेपालल लिग खेल चरणको ३६ खेल मध्ये १९ मा जित र १५ मा हारसहित ४० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा आफुलाइ सुरक्षित राख्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्ने अवसर प्राप्त गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728