बिहिबार, चैत्र १५, २०८०

उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा, शुक्रवार १० देखि मतदान

काठमाडौं चैत २,
निर्वाचन आयोगले शुक्रवार हुने उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ ।  बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको र निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सङ्घीय संसद्का तीन सय ३२ सदस्य र प्रदेशसभाका पाँच सय ५० सदस्य मतदाता रहने प्रस्तुत निर्वाचनमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था संगै सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ ।

 सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्ने आयोगले जनाएके छ । साथै सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।

त्यस्तै मतदान सम्पन्न भएलगत्तै मतगणना शुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाउँदै साँझ ६ बजेसम्म निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएको छ ।

 उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य , प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवारमध्ये प्रमिला कुमारीले आफ्नो उम्मेदवारीलाइ निष्क्रय तुल्याउँदै रामसहायप्रसाद यादवलाइ समर्थन गरेका छन ।