आइतवार, जेष्ठ ६, २०८१

प्रम प्रचण्ड र नेपालवीच भेटवार्ता : प्रम प्रचण्डले भने -पुरानो गठबन्धन ब्युँताउने विषय ‘फाइनल’ भएको छैन

काठमाडौं फागुन ११,
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राष्ट्रपति निर्वाचनको विषय केन्द्रित छलफल भएको छ। सिंहदरबारमा आज सम्पन्न भेटमा आसन्न राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको बुझिएको छ ।

 छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिनुभयो ।आगामी २५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले १३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

त्यस्तै प्रम प्रचण्डले पुरानो गठबन्धन ब्युँताउने विषयमा केही पनि फाइनल नभएको भन्दै सम्वद्ध सबै विषयमा छलफल जारी छ कुनै पनि विषयमा फाइनल नभएको बताउनुभयो । भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो ।