आइतवार, जेष्ठ ६, २०८१

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीवीच भेटवार्ता

काठमाडौ फागुन १०,
प्रधानमन्त्री ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उहाँहरुवीच आसन्न राष्ट्रपति निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयवस्तु केन्द्रीत छलफल भएको जनाइएको छ ।

यसअघि प्रचण्ड र ओलीबीच एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउने भद्र सहमति भएपनि पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अडानका कारण सत्तागठबन्धनमा राष्ट्रपतिको विषयमा अझै सहमति बन्न सकेको छैन ।

स्मरण रहोस प्रधानमन्त्री प्रचण्ड एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु भन्दा कांग्रेसले अघि सार्ने उम्मेदवारलाई राष्ट्रपति बनाउँदा सरकार अनुकुल ढंगले चलाउन सकिने निष्कर्षमा पुगेका छन् ।