आइतवार, बैशाख २३, २०८१

राष्ट्रपति निर्वाचन : आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दै

काठमाडौ फागुन १०,
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको निर्वाचन कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक हुन लागेको हो ।

संघीय संसद अन्तरगतका प्रतिनिधि सभा र राष्ट्रिय सभा र प्रदेश सभाका सांसद मतदाता रहने राष्ट्रपति निर्वाचन प्रयोजननका लागि जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरुको सूची पठाइसकेका छन् ।

त्यस्तै आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले यसअघिनै जानकारी गराइसकेको छ भने मतदान अधिकृतको रुपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएका छन ।