बिहिबार, बैशाख १३, २०८१

यस्तो छ राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारीको लागि  निर्वाचनसम्बन्धी ऐन, २०७४ दफागत व्यवस्था

काठमाडौ फागुन १०,

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको चर्चा परिचर्चासंगै लागि राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न आवश्यक योग्यताको सवालमा समेत चर्चा शुरु भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको लागि मुलुकको संविधानत व्यवस्था अनुरुप राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । त्यस्तै उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकोर कुनै सङ्घीय कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य मानेको उक्त ऐनमा उल्लेख गरिएको छ ।

यस्तै, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार बन्न पाउँने छैनन ।

साथै आयोगले प्रस्तुत निर्वाचनमा सङ्घीय संसद्का ३३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल ८८४ मतदाताले मतदानमार्फत राष्ट्रपति तथा उपराष्ट्रपतिको चयन गर्ने संविधानत व्यवस्था रहेको जनाएँदै सङ्घीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेश सभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार ३८६ गरी कूल ५२ हजार ७८६ मतभार कायम हुने जानकारी दिएको छ । यद्यपी प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ ।