आइतवार, जेष्ठ ६, २०८१

आइसिसी विश्वकप क्रिकेट : स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले रच्यो इतिहास

काठमाडौ फागुन ९,
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज भएको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङ गरेका स्कटल्याण्डले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बताएका थिए ।

त्यसलत्तै स्कटल्याण्डले दिएका २१३ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पुरा गर्नुको साथै नेपाली टिमका कप्तान रोहित पौडेलले ९५ नटआउट रन प्रहार गरि नेपाललाई जित दिलाउन सफल भएको हो । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४।१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

यस सिरिजमा नेपाल लगातार चौँथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेलमा नेपालले विजय हासिल गरेको थियोे । नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटको जित हासिल गरेको थियो । यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जित्दै ६ अङ्क बटुलिसकेको छ ।