मङ्लबार, जेष्ठ १, २०८१

कांग्रेस केन्द्रीय सदस्य भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत मुम्बई लगियो

काठमाडौं फागुन ४,
ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।

चिकित्सकले नेता भण्डारीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उनलाई भारतको मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ ।  नेता भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेका थिए । यद्यपि, स्वास्थ्यमन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि भण्डारीलाई थप उपचारका लागि भारत लैजान मनाएका थिए ।

चन्द्रको शरीर ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चन्द्रका दुवै हात गोडा र अनुहार जलन भएको छ । स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031