बिहिबार, बैशाख २०, २०८१

माओवादी केन्द्रकाे स्थायी समिति बैठक स्थगित

काठमाडौ माघ १८,
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएकाले आजलाई बैठक स्थगित गरिएको सम्वद्धस्रोतले जनाएको छ।

आजको बैठकमा स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यको कार्यविभाजनका विषय संगै थप अन्य राजनैतिक विषयवस्तु केन्द्रीत छलफलको कार्यसूची रहेको थियो । तर स्थायी कमिटीको बैठकलाई आवश्यक गृहकार्य संगै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड समेतको व्यस्तताको कारण पनि होला। आजको बैठक स्थगित भएको जनाउादै आजको बैठक विहिवारका लागि सारिएको जनाएकोछ ।