मङ्लबार, चैत्र १४, २०७९

महानगरका ३२ वटै वडामा निःशुल्क कानुनी सहायता र परामर्श सेवा

काठमाडौँ माघ १८,
काठमाडौं महानगर अन्र्तगतका वडा समिति तथा मातहतका कार्यालयमा कानुनी परामर्श तथा प्राज्ञिक सहायताका लागि काठमाडौँ महानगरपालिका र त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पस बिच सम्झौता भएको छ । मंगलवार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्याम्पस प्रमुख डि. एन. पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

प्रस्तुत सम्झौता अनुसार वडा तथा महानगर मातहतका अन्य कार्यालयमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, नाबालक, अन्यायमा परेका व्यक्ति, वर्ग र समुदायलाई प्रशासनिक र न्यायिक पहुँचमा सहजताको लक्ष्य सहित निःशुल्क कानुनी सहायता उपलब्ध गराउनु सम्झौताको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ ।

त्यस्तै सेवाका लागि क्याम्पसको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु इन्टर्नका रुपमा खटिने र सेवाग्राहीको आवश्यकता अनुसार सामान्य निवेदन, उजुरी निवेदन, फिराद पत्र, प्रतिउत्तर पत्र, लिखित जवाफको मस्यौदा गरिदिने, मौखिक उजुरीको लागि परामर्श सहित आवश्यक सहजीकरणको काम संगै सेवाग्राहीलाई सहजीकरण गर्दा उहाँहरुसँग भएको प्रमाण कागज र व्यक्त भएका तथ्यलाई आधार मानेर लिखत तयार पार्नु रहेको छ। साथै यसरी खटिने इन्टर्न प्रति विद्यार्थी र एक जना सम्पर्क अधिकारीका लागि महानगरपालिकाले मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने सम्झौतापत्रम उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031