आइतवार, बैशाख २३, २०८१

आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं माघ ९,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। योजना आयोगका नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण समेत गराउनुभएको छ ।

 योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका श्रेष्ठले  नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशकको जिम्मेवारीसंगै आयोगको उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ ।