बुधबार, बैशाख १९, २०८१

विराट गुठीको त्रि-दिवसीय साहित्यक भ्रमण

भक्तपुर माघ १,
,विराट नेपाल भाषा साहित्य सम्मेलन गुठी भक्तपुरले उपत्यका वाहिर भाषा, साहित्य कला संस्कृतिको संरक्षण र यसको प्रवर्द्धनका लागि तीन दिने साहित्यक अवलोकन भ्रमणको अयोजना गरेको छ ।

मकवानपुर जिल्लाको चित्लाङ , पालुङ, हेटौंडा लगायतका विभिन्न क्षेत्रका साहित्यक अवलोकण भ्रमणकोक्रममा चित्लाङको बहुसंख्य नेवा जातीको बाहुल्य भएको मकवानपुर जिल्ला चित्लाङ कुन्चा वस्तीमा साहित्य गोष्ठी समेत आयोजना समेत गरेका छन ।

थाहा नगरपालिका उप मेयर भरत गोपालीको प्रमसख आतिथ्यता एवम् विराट गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुन्चा गां का साहित्यकार विराट गुथिका साहित्यकारहरुले जनपक्षीय साहित्य वाचन गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि लगायतका वक्ताहरुले भाषा ,कला, साहित्य र संस्कृति वचाउन भक्तपुर र थाहा नगरपालिकाको अझ एक आपसी सहयोग आदान प्रदान गर्नु पर्ने जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

 यसैवीच हेटौंडामा सम्पन्न साहित्यक गोष्ठीमा विराट गुठीका सल्लाहकार योगेन्द्र प्रधानले नेवा जाती राजनीतिक आर्थिक सांस्कृतिक भाषा साहित्य संरक्षण प्रवर्द्धन र विकास गर्न दक्षिण एसिया मै नेतृत्व गर्न सक्षम रहेको बताउनु भयो।

त्यस्तै हेटौंडा नेपाल भाषा खल: का अध्यक्ष मेहेश्वर श्रेष्ठ विराटका कोषाध्यक्ष राम गोपाल चगुठी। प्रदिप शाक्य लगायतले आ आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रममा विराट गुठीका अध्यक्ष महेन्द्र गोपाल कर्मचार्यले साहित्यक भ्रमणको आर्थिक प्रबन्ध मिलाउँनु हुने सुर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशी वडा समितिप्रति आभार व्यक्त गर्नुभएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031