मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ, पोखरामा दुर्घटनाग्रस्त यतिको एएनसी एटीआर ७२ विमानमा सवार यात्रुको सूची

काठमाडौं माघ १,
काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा अवतरणको क्रममा विमान स्थलनजिकैको सेती खोँचमा दुर्घटना हुँदा हुँदा चालक दलका ४ सदयस्य सहित ६८ यात्रुको निधन भएको छ।

 यति एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको यति एयरलाइन्सले जनाएको छ । त्यस्तै विमानमा ५८ जना नेपाली र आठ जना विदेशी र छ जना शिशु रहेको जानकारी दिएको छन ।

विमानमा रहेका यात्रुको सूची क्रमस किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ , स्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले हुनुहुन्थ्यो ।

त्यसैगरी, सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुशवाह , ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना , सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना संगै शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा सवार रहेको थाहा भएको छ।

त्यसैगरि विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे रहको जनाएको छ।