बिहिबार, बैशाख २०, २०८१

११ बजे बस्ने भनिएको संसद् बैठक १ बजेलाई सर्‍यो

काठमाडौं पुस २६,
आज विहान ११ बजेका लागि पूर्व निर्धारित प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरत गौतमले ११ बजेलाई तोकिएको बैठक १ बजेका लागि सरेको जारी सूचनामा उल्लेख रहेको छ ।

त्यस्ते जारी सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुँने उल्लेख गरिएको छ।