बिहिबार, बैशाख २०, २०८१

 मप बैठक :मुलुकी फौजदारी कार्यविधि संहिता जारी गर्न राष्ट्रपति समक्ष सिफारिस  

 काठमाडौं मंसिर २६,
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता [पहिलो संशोधन] अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने उद्देश्यका प्रस्तुत अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुई महिला सदस्य थप गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नेपाल इञ्जिनियरिङ सेवाको सामूहीकरण [क्लष्टर]तर्फका सचिव सुरेश आचार्यलाई सहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय भएको जानकारीदिनुभयो ।

 साथै उहाँले मप बैठक मार्फत गोदक–सोयक १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने  लगायतका ७बुँदे निर्णय भएको बताउनुभयो ।