शुक्रबार, बैशाख १४, २०८१

अनलाईन मार्फत सट्टाबाजी गर्ने शर्मा र पोखरेल पक्राउ

काठमाडौं मंसिर २६,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका ४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले रुद्र प्रसाद पोखरेललाई काठमाडौं जमलबाट शनिबार र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरुमा अनलाईन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं चलान गरिएको प्रहरीले जनाएको छ।