बिहिबार, बैशाख २०, २०८१

काँग्रेसले बुझायो ३२ समानुपातिक संसद सदस्यको नामावली [सूची सहित]

काठमाडौं मंसिर २४ ,
नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा समानुपातिक सदस्यका लागि प्राप्त ३२ सिटका लागि संसद सदस्यको नामको टुंगो लगाउँदै निर्वाचन आयोगमा बुझाएको छ ।

कांग्रेसले समानुपातिक तर्फ प्राप्त ३२ सिट मध्ये २९ जना महिला र ३ जना पुरुषको नाम चयन गरेको छ। बैठकले अनुमोदन गरेका ३२ संसद सदस्यको नामावली अन्र्तगत पुरुषमा सहमहामन्त्री जीवन परियार, प्रकाशशरण महत र विमलेन्द्र निधी रहेका छन् ।

त्यस्तै महिला तर्फ क्रमस १, अम्बिका बस्नेत २, सरिता प्रसाईं ३, आरजू राणा देउवा ४, ईश्वरी न्यौपाने ५, प्रतिमा गौतम ६, मञ्जु खाँण ७, रमा कोइराला पौडेल ८,कान्तिका सेजुवाल ९, मैना रावल कार्की रहेका छन् ।

आदिवासी जनजातितर्फ
१, सरस्वती बजिमय
२, लिलादेवी बोखिम
३, सीता कुमारी राना
४, सुशीला थिङ
५, सपना राजभण्डारी
६, माया राई
७, कुसुम थापामगर
८, मनोरमा सेरचन

मधेसीतर्फ
१, नागिना यादव
२, मुक्ता कुमारी यादव
३, चन्दा चौधरी
४, संगिता मण्डल
५, निनुकुमारी कर्ण

दलिततर्फ
१, शान्ति विक
२, रुपा विक
३, सीता मिजार
४, आशा विक

थारुतर्फ
१, कल्पना चौधरी
२, विनाकुमारी थनेत

मुस्लिमतर्फ
१, जावेदा खातुन् जागा रहेका छन ।