बिहिबार, बैशाख २०, २०८१

बीपी पुत्र एवम कांग्रेस नेता कोइराला नवलपरासी पूर्व १ बाट चौथोपटक निर्वाचित

काठमाडौं मंसिर ८
नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन्। कोइरालाले यस क्षेत्रबाट लगातार चौथोपटक निर्वाचित हुनु भएको हो ।

निर्वाचित नेता कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दैगर्दा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गर्नुभएको हो । त्यस्ते राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत प्राप्त गरेका छन ।

बीपी पुत्र डा.कोइराला यस क्षेत्रबाट संविधान सभा निर्वाचन २०६४, २०७० र प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ निर्वाचित हुनुभएको थियो ।