बिहिबार, बैशाख २०, २०८१

सर्लाही २ मा फराकिलो मतान्तरमा महतोलाइ पराजित गर्दै यादव निर्वाचित

काठमाडौं मंसिर १०,
सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव निर्वाचित भएका छन । सर्लाही क्षेत्र नम्बर २ को कुल मतदातामध्ये ७२ हजार ३६ मत खसेको र यमध्ये पनि ७१ हजार १४७ मत गणना सकिदै गर्दा यादवले प्राप्त गरेको २२ हजार ६ सय ४१ मत र निकटम प्रतिस्प्रर्धी महतोले प्राप्त् गरेको २० हजार १ सय ६२ मतको विश्लेषण गर्दै यादवको जित शुनिश्चित ठहर गरेको हो ।

त्यस्तै मत गणनाको प्राप्त पछिल्ले मतपरिणाम अनुसार नेकपा एमालेका राजनरायण साहले १४ हजार ३ सय ८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएके छ।