आइतवार, जेष्ठ ६, २०८१

काठमाडौँ-१ को तीनै सिटमा कांग्रेसको क्लिन स्वीप

 काठमाडौं मंसिर ७,
काठमाडौँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् ।

प्रदेशसभा–१ मा छ हजार तीन सय मत प्राप्त गर्दै कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी हुँदै गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नवीन शाहीले तीन हजार पाँच सय चार मत प्राप्त गरेको छ ।

यस्तै प्रदेशसभा–२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी हुँदैगर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।