बिहिबार, बैशाख २०, २०८१

काठमाडौंमा जारी मतगणना अपडेट: ३,४,५ र १० मा काँग्रेसको अग्रता

काठमाडौं मंसिर ६ ,
आइतवार सम्पन्न् आम निर्वाचन अन्र्तगत काठमाडौ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित हुनुभएको छभने बाँकी क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी रहेको छ।

काठमाडौका बाँकी नौ वटा निर्वाचन क्षेत्रमा जारी मतगणका विषयमा प्रप्त जानकारी अनुसार काठमाडौं क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम अग्रस्थानमा रहेका छन भने क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे चार हजार पाँच सय मतसहित आफ्नो अग्रता फराकिलो बनाउँदै अगाडी बढ्नु भएको छ।

त्यस्तै काठमाडौं क्षेत्र नं ४ मा कांग्रेसका गगन थापाले ११ हजार नौ सय ८८ मत पाउँदा दोस्रो स्थानमा रहनुभएका एमालेका डा राजन भट्टराईले प्राप्त पछिल्लो मतपरिणाम अनुसार नौ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै क्षेत्र नं ५ मा कांग्रेसका प्रदीप पौडेले दुई हजार पाँच सय ९१ मत प्राप्त गर्दै गर्दा एमालेका उम्मेदवार ईश्वर पोखरेलले एक हजार ६९८ मत प्राप्त गर्नुभएको छ।

काठमाडौँ क्षेत्र नं ६ मा रास्वपाका शिशिर खनाल अग्रस्थानमा हुनुहुन्छ। कांग्रेसका भीमसेनदास प्रधान  दोस्रो स्थानमा रहनु भएको छ। त्यस्तै गरि क्षेत्र नं ७ मा एमालेका श्यामकुमार घिमिरे प्रतिस्पर्धीलाई पछाडि पार्दै पहिलो स्थानमा रहेका छन ।

यसैगरी क्षेत्र नं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले पाँच हजार ७३४ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ। यस क्षेत्रमा रास्वपाका टेकबहादुर पोखरेलले पाँच हजार १४५ मत प्राप्त गर्नुभएको छभने लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका कल्पना धमलाले तीन हजार एक सय ३७ मत प्राप्त गर्नुभएको जानकारी प्राप्त भएको छ।

त्यस्तै, क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले दुई हजार चार सय १८ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएका रास्वपाका उम्मेदवार प्रदीप विष्टले एक हजार आठ सय ७८ मतप्राप्त गरेको थाहा भएको छ।