बुधबार, बैशाख १२, २०८१

भक्तपुर २ मा काँग्रेसका उम्मेदवार थापाको अग्रता बढ्दो

भक्तपुर मंसिर ६,
भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एवम् कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले आफ्ना प्रतिस्प्रर्धीको तुलनामा थपअग्रता कायम गरेको छ ।  यस क्षेत्रको ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । यसवीचमा २५ हजार पाँच सय ७२ मत गणना भइसकेको छ ।

प्राप्तपछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय ८७ मत प्राप्त गर्दै गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतलाई नौ सय २५ मतले पछि पार्दै आएको छ । एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेका छन ।