बिहिबार, बैशाख २०, २०८१

आठ करोड थान मतपत्र छपाइको सबै काम सकियो, ढुवानीको क्रम शुरु

काठमाडौ कार्तिक १८,
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको सबै काम सम्पन्न भएको जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर कायम हुने मतदान प्रत्रियामा भाग लिने एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको प्रयोजनाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरेर आठ करोड मतपत्र छपाइ सकिएको जानकारी दिनुभएको हो ।

त्यस्तै प्रवक्ता शर्माका अनुसार यसअघि छपाइ सकिएको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको जानकारीदिदै गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031