बिहिबार, बैशाख १३, २०८१

पर्यटक भ्रमण दशक’लक्षित हुँदै अभियान सञ्चालन गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौ कार्तिक १८,
थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको हनुमानढोका दरवारस्थित डबलीमा आयोजना गरेको ३ दिने ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउने गरी ‘पर्यटक भ्रमण दशक’ अभियान लक्षित हुँदै पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

त्यस्तै उहाँले कल्चर, नेचरसंगै यहाँ रहेका वैभवहरूका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरू आकर्षित हुनेगरी आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार पारेको बताउँदै थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रूपमा परिचित गराउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।