सोमवार, जेष्ठ ७, २०८१

काँग्रेस नेता सिंहको उपस्थितीमा बानेश्वर क्षेत्रमा वृहत सफाइसंगै बृक्षारोपण

काठमाडौं कात्तिक ३ ,
काठमाडौं महानगर वडा न, १० वानेश्वरस्थित एएसजी आइ केयर अस्पतालले आफ्नो सामाजीक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसरमा घर मात्र होइन शहर पनि सफा राखौं भन्ने मुल नारा सहित स्थानीय क्षेत्रमा वृहत सफाइ संगै हरियाली प्रवद्र्र्धनका लागि बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

काँग्रेस नेता सिंहले सरसफाइका सामाग्री हरुतान्तरगर्दै अस्पताल प्रांगणबाट शुरु भएको सफाइ अभियान अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र हुँदै थापा गाउँ लगायतका क्षेत्रमा सरसफाइसँगै चख्खु बख्खु मन्दिर क्षेत्रमा वृक्षरोपण सहित शुभकामना आदान प्रदान एव् चियापानको आयोजना सहित कार्यक्रमको समापन भएको थियो ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं सङ्घीय सांसदका उम्मेदवार प्रकाशमान सिंहको प्रमुख आतिथ्यता एवम् बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, महानगर वडा न १० का वडाध्यक्ष रामकुमार केसीको विशेष आतिथ्यता रहेको थियो ।

यसअघि कार्यक्रममा वोल्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठ, वडाध्यक्ष केसी लगायतका वक्ताले सफाइको महत्वमाथि प्रकाश पार्दै आसन्न् दीपावली, नेपाल संवत र छठ पर्वको शुभकामना व्यक्त गर्नुभएका थियो ।

त्यस्तै करिव एकसय जना स्वयम सेवकको सहभागीता रहेको उक्त कार्यक्रममा नेपाल आर्मीको समेत सहभागिता रहेको अस्पतालका कर्पोरेट म्यानेजर राजीवरञ्जन झाले कार्यक्रममा नेपाल आर्मीको समेत सहभागिता रहेको जानकारी दिनुभयो ।