आइतवार, बैशाख २३, २०८१

खानेपानी कार्यालय मन्थलीका इन्जिनियर र पलम्बर २८ लाख घुसरकम सहित पक्राउ

काठमाडौं कार्तिक २,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी तथा सरसफाई डिभिजन नं। ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापालाइ सेवाग्राहीबाट रु १६ लाख रुपैयाँ नगद र १२, लाख रुपैयाँको चेक सहित घुस लिइसकेको अवस्थामा पक्राउ गरेको छ।

रामेछापको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले घुस रकम लिएको खुलेको जनाउँदै अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको जनाएको छ । साथै आयोगले पक्राउ परेका अभियुक्तद्दयउपर थप अनुसन्धान भइरहेको जनाएके छ।