मङ्लबार, जेष्ठ ८, २०८१

साल्ट ट्रेडिङले एसटीसी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने

काठमाडौ असोज २९ ,
दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको तेलको उत्पादन गर्ने भएको छ।

उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउँने अधिकारलाइ अक्षुण्ण राख्न कर्पोरेसनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य गुणस्तर अनुज्ञापत्र आउने बित्तिकै एसटीसी ब्रान्डको तोरीको तेल उत्पादन गर्ने तयारी गरेको हो ।

कर्पोरसनले खाद्य विभागबाट अनुज्ञापत्र प्राप्तिका लागि कर्पोरेसनले उत्पादन गरेको तेलको नमुना खाद्य विभागमा उपलब्ध गराइसकेको जनाउँदै अनुज्ञापत्र प्राप्त भएलगत्तै हेटौँडास्थित नेपाल वनस्पति उद्योग लिमिटेडबाट उक्त ब्रान्डको तेल उत्पादन गर्ने जानकारी दिएको छ।

कर्पोरेसनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु