मङ्लबार, बैशाख १८, २०८१

आजबाट मनसुन क्रमशः बाहिरिँने क्रम शुरु

काठमाडौ असोज २९,
मौसम पूर्वानुमान महाशाखाले वर्ष २०७९ को गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजबाट क्रमशः बाहिरिँने क्रम शुरु भएको जनाएको छ । महाशाखाले आज साँझ जारी गरेको मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन मार्फत देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो ।

त्यस्तै जारी बुलेटिनमार्फत महाशाखाले देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिने क्रम शुरु भएको र बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने जनाएको छ । साथै सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ ।

यसैवीच महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान अन्र्तगत २०७९ असोज २९ गते शनिबार राती देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

त्यस्तै असोज ३० गते आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनुको अलावा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकाध स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

 असोज ३१ गते सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकाध स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना औल्याएको छ ।