मङ्लबार, जेष्ठ ८, २०८१

प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन

 काठमाडौं असोज २९ ,
आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्र्तगत काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेशका उम्मेदवार राजुराज जोशीको चुनावी प्रचार प्रशारका लागि सचिवालयल सहितको प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेशका सभापति इन्द्रमानसिंह सुवालको सभापतित्वमा आज बसेको बैठकले सचिवालय सहितको प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरको हो।

गठित यस समितिमा क प्रदेशका सिङ्गो कार्यसमिति क्षेत्रीय कार्यसमितिका पदाधिकारी विशेष, प्रदेश समिति अन्र्तगत रहेका महानगर वडा समितिका सभापति संगै प्रदेशसभा निर्वाचनमा उम्मेदवारका आकंक्षी रहने भएको छ ।

त्यस्तै बैठकले प्रदेश क अन्र्तगत काठमाडौं महानगरको वडा न। १३ , १९ ,२० ,२३ र २४ वडा समिति कार्यक्षेत्र रहेको यस प्रदेशमा नव गठित समिति संगै इकाइ समितिको तजविजमा वडा इकाइ समिति समेत क्रियाशील गर्दै निर्वाचनको माहौल सिर्जना गर्न आवश्यक कार्यक्रमको तर्जुमा गर्न समेत निर्देशन दिइएको छ । साथै समितिले आवश्यकता अनुरुपको उपसमिति समेत गठन गर्न सक्ने मार्ग समेत  प्रसस्त गरेको छ।

बैठकमा प्रदेश समितिका पदाधिकारी, इकाइ समितिका सभापतिहरु क्रमस सुरेन्द्र मानन्धर १३, गोविन्द श्रेष्ठ १९, राजेन्द्र मानन्धर २०, उत्तम मानन्धर २३, र विनोदराज भण्डारी २४ संगै पार्टीका महाधिवेशन र महासमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु