मङ्लबार, जेष्ठ ८, २०८१

आयोगद्वारा निर्वाचन चिह्न हेरफेर

काठमाडौं असोज २९ ,
आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्र्तगत निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको निर्वाचन चिह्नमा हेरफेर गरेको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले शनिबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा निर्वाचन चिह्न क्रमस हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो, स्वतन्त्र उम्मेदवारको डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको जानकारी दिनुभयो । 

त्यस्तै आयोगको विज्ञप्तिमा निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएका कारण ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको उल्लेख गर्दै हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण आयोगको वेब साइटमा राखिएकोे उल्लेख गरिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु