आइतवार, जेष्ठ ६, २०८१

संघ तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतको नियुक्ति

 काठमाडौ असोज ६ ,
निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज ११ गतेदेखि लागू हुने गरि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत समेत गरि १६५ जना अधिकृत नियुक्ति गरेका छन ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन , २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन , २०७४ को दफा ८ बमोजिम जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई आयोगले नियुक्त गरेको हो ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाइ असोज १२ र १३ गते हुने निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तालिम दिने आयोगले जनाएको छ।