आइतवार, जेष्ठ ६, २०८१

सर्वत्र आलोचना भएसंगै प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउँने कदमबाट पछि हट्यो सरकार

काठमाडौ भाद्र २१,
प्रतिनिधि सभाको समयसिमा लम्ब्याउँने लक्ष्य सहित सरकारले ल्याएको केही नेपाल ऐन संशोधन का लागि दर्ता गराएको विधेयकमा अनेकन टिप्पणी भएसंगै सरकार पछि हटेको छ ।

यसअघि सरकारले प्रस्तुत विधेयक मार्फत प्रतिनिधि सभाको निर्वाचित भएर आउने सभाको पहिलो बैठकसम्म अहिलेको प्रतिनिधि सभाको कार्यकाल कायम हुनेगरी शुक्रबार विधेयक दर्ता गरेपछि सरकारको प्रस्तुत कदमको सर्वत्र आलोचना भएको हो । प्रस्तुत विधेयक दर्ता भएयता काँग्रेस महामन्त्री एवम् सत्तारुढदलका संसद सदस्य गगन थापाले संशोधन प्रस्ताव राखेका छन् ।

त्यस्तै विपक्षी दल एमालेले भने कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म कायम राख्न विधेयकमा संशोधन प्रस्ताव सहितको प्रस्ताव दर्ता गरेको हो । सरकारी कदमको आलोचना भएसंगै विधेयकमा मौजुदा व्यवस्था परिमार्जना गर्ने मानसिकता सहित पछि हटेको हो ।

यसैवीच आज दिउँसो १ बजे बस्ने संसद बैठकमार्फत सरकारले दर्ता गरेकोसंसद्को कार्यकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री कार्यकाल लम्ब्याउने प्रावधान फिर्ता लिन निर्देशन दिएपछि आजको बैठकबाट उक्त विधेयक फिर्ता लिन लागेको हो ।