सोमवार, बैशाख ३१, २०८१

रोटरी क्लवअफ न्यूरोड सिटीको १९ औं पदस्थापना सम्पन्न

काठमाडौं साउन १८ ,
रोटरी क्लव अफ न्यूरोड सिटीको राजधानीमा मंगलवार एक विशेष कार्यक्रमकावीच १९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोटरी वर्ष २०२२/ २३ का लागि क्लवको अध्यक्षमा रमिला श्रेष्ठ शाक्य नेतृत्वको कार्यसमितिको पदस्थापना गरेको हो ।

डा। हर्षरत्न शाक्य संस्थापक अध्यक्ष रहेको रोटरी क्लव अफ न्यूरोड सिटीले ३२९२ रोटरीका डिजीइ रोटरियन जितेन्द्र वहादुर राजण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रस्तुत पदस्थापना कार्यक्रममा सपथ लिदै क्लव अध्यक्ष रमिलाले आफनो कार्यकालमा रोटरीइन्टरनेशनलको मुल्य मान्यता अनुरुपका कार्य सम्पादन गर्दै क्लवको गरिमालाइ थप उच्च बनाउँने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस्तै पदस्थापना कार्यक्रलाइ सम्बोधन गर्दै कार्यक्रमा प्रमुख अतिथि डिजीइ रोटरियन राजण्डारीले पछिल्लो समय क्लवको सख्या बढे पनि त्यसको प्रभावकारितामा केहि कमि आएको आफुलाइ अनुभुत भएको जनाउ सहित क्लवको रोटरीको विश्वव्यापी मान्यता अनुरुप सेवाभाव सहित कुनैपनि किसिमका विपद वा समस्याको समयमा रोटरी छ है भन्ने  जनमानसमा  छाप छोड्ने गरि क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा उहाँले मानविय र सामाजिक सेवाको क्षेत्रमा व्यक्तिगत स्वार्थको धरातल भन्दा माथि उठेर स्वार्थरहित सामाजिक सेवाको उद्देश्यले सन १९०५ फ्रेबुअरी २३ संयुक्त राज्य अमेरिकाको सिकागो शहरबाट विश्वव्यापी सञ्जालमा फैलिएको सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवमा लामो समयसम्म क्रियाशील व्यक्तित्व स्व :बिजुली प्रसाद श्रेष्ठको स्मृतिमा स्थापित पुस्कारबाट मुना नेपाली लाइ सम्मानीत गरिएको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2022
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031