काठमाडौं साउन १८ ,
प्रजातन्त्र सेनानी गोपालदास वादेको आज बिहान निधन भएको छ । ९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलाञ्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहनुभएका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारीदिनभएको छ।
सामाजिक काममा सक्रिय गान्धीवादी नेता वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गरेका थिए । उहाँकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो ।
त्यस्तैप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व वादेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेस पूर्ब महामन्त्री प्रकाश मान सिंहले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । स्व वादेका दुई छोरा र दुई छोरी छन् ।