आइतवार, जेष्ठ ६, २०८१

मुगु कृषि विकास कार्यालयका प्रमुख पंचलाल बुढा सहित ९ जना विरुद्ध २३ लाखको भ्रष्टाचार मुद्धा दायर

काठमाडौं साउन ११,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा सहित ९ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई २३ लाखभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा जिहरुविरुद्ध आज मुद्धा दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार निमित्त कार्यालय प्रमुख बुढासहित सो कार्यालयका सव इन्जिनियर राजेन्द्र शाही , समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढा ,तत्कालीन नाप्रास मणिचन्द्र विक, तत्कालीन खरिदार विश्वास उपाध्याय र छायाँनाथ रारा नगरपालिका वडा नं १० का तत्कालीन वडाअध्यक्ष धर्मदत्त सावत रहेको जनाएको छ ।

त्यस्तै आयोगले आरोपितले आपसी मिलेमतोमा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, वडा नं.१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणको लागि कृषि विकास कार्यालय, मुगुबाट आव २०७६/०७७ मा बजेट विनियोजन भएकोमा उपभोक्ता समिति र कृषि विकास कार्यालय, मुगुका कर्मचारीहरुसमेतको मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरीको    अनुसन्धान हुँदा तीनमुखेदेखि लुवाबान्नासम्म सिंचाई कुलो निर्माणमा गैरकानुनी लाभ लिएको उल्लेख गर्दै निजहरुविरुद्ध प्रत्यकेसंग रु २३ लाख १० हजार ५९६ रुरपैया विगोमादावी गरिएको आयोगले जनाएको छ ।