सोमवार, बैशाख ३१, २०८१

सरकार पत्रकार र प्रेस जगतको पक्षमा : सञ्चारमन्त्री कार्की

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रयलाई ज्येष्ठ पत्रकार वृत्ति प्रदान

काठमाडौं साउन ९,
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकारत्रयलाई वृत्ति रकमबापतको चेक प्रदान गरेर ज्येष्ठ पत्रकार वृत्ति वितरणबाट सम्मानीत गर्नुभएको छ। यसरी ज्येष्ठ पत्रकार वृत्ति प्राप्त गर्ने पत्रकारत्रयमा क्रमस ७६ वर्षीय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पद्मभक्त खरेल रहनु भएको छ।

त्यस्तै ज्येष्ठ पत्रकार वृत्ति वितरण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको नयाँ कामको प्रारम्भ भएसंगै पत्रकारिता पेसाप्रति राज्यको दृष्टिकोण के हो भन्ने बुझ्न अवकुनै समस्या नभएको बताउँदै राज्यको तर्फबाट वितरित यस सम्मानबाट जीविका निर्वाह हुन नसकेपनि नेपाली पत्रकारिताको साथमा सरकार संससंगै रहेको सन्देश दिन सफल भएको र भविष्यमा यसलाइ वृद्धि गरिदै लगिने समेत बताउनुभयो ।

साथै उहाँले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको भन्दै पत्रकारिता आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्ने पक्षमा विशेष जोड दिदै वर्तमान सरकार पत्रकार र प्रेस जगतको पक्षमा रहेको बताउनुभयो । साथै त्यस अवसरमा उहाँले नेपाल द्धैमासिक पत्रकारिता विशेषङक, नेपाल परिचय र नेपाल पुस्तक विमोचन समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,वृत्ति कोषका सदस्य एवं पत्रकार गोपाल बुढाथोकी, पत्रकार मनऋषि धिताल लगायतले ज्येष्ठ पत्रकारलाई वृत्ति वितरणको प्रारम्भले पत्रकारिता क्षेत्रप्रति राज्यको दृष्टिकोण सकारात्मक देखिएको भन्दै सरकारको यस कदमले पत्रकारिता जगत उत्साहित भएको बताउनुभयो ।

त्यस्तै वृति प्राप्त गर्नुभएका पत्रकारत्रयले यस आवको साउन महिनादेखि हरेक महिना बैंक खातामा जम्मा हुनेगरी वृत्ति रकम प्राप्त गर्ने कार्यक्रममा जानकारी दिएकोछ ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930