शुक्रबार, बैशाख २१, २०८१

कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै, संस्थापन र कोइराला समूहवीच चर्काचर्कीको संभावना

थप २ भ्रातृ संस्था र आधा दर्जन शुभेच्छुक संस्थाको विधान स्वीकृत  

काठमाडौं असार २७,
आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय वीपीनगर सानेपामा बैठक बस्न दिउँसो १ बजे बस्ने बैठकमा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको समीक्षासँगसँगै आगामी संघ र प्रदेशको निर्वाचन र काँग्रेसले सरकारकको नेतृत्व सम्हाले यता समपादन भएका कामकारबाही लगायतका थप समसामायिक एजेन्दा केन्द्रीत हुने सम्वद्ध स्रोतले जनाएको छ ।

 यसैवीच  नेपाली कांग्रेसका  उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा   आइतवार बसेको   बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाको विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेको छ ।

यसक्रममा  बैठकले  आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता  सहित  प्राप्त विधान स्वीकत गरेको छ भने शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने निर्णय गरेको छ।

त्यस्तै आजको केन्द्रीय समिति बैठकमा कोइराला समूह र एकलौटी शैलीमा पार्टी चलाएको आरोप लाग्दै  आएको  स्थापन पक्षवीच यसअघि चलेको आरोप प्रत्यारो को अवस्थालाइ नजरअन्दाज नगर्ने हो भने बैठकमा थप दुइ पक्षवीच चर्काचर्की बहस हुने आकंल गर्न सकिन्छ । समग्रमा भन्ने हो हो भने संस्थापन पक्ष विरुद्ध कोइराला समूहले दबाब बढाउने तयारी रहेको थाहा भएको छ ।